What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भीम रावलले पत्रकार सम्मेलन गर्ने
काठमाडाैं । नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले पुस १७ गते पत्रकार सम्मेलन गर्ने भएका छन्।
रावलले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्य’ बारे छलफल गर्न भन्दै बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमालेले पार्टीबाट निकालेपछि रावलले पार्टी गठन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल अघि बढाएका छन्।
नेता रावलले सोमबार मात्रै नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग भेटवार्ता गरेका थिए। एमालेले आफूलाई अन्यायपूर्ण तरीकाले निष्कासन गरेको रावलले बताउँदै आएका छन्।