What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि सुरु हुँदै
बुटवल। लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ। यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो। चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि पाँचौँ अधिवेशनको बैठक बस्न लागेको हो।
प्रदेश सरकारले पाँचौँ अधिवेशनको तयारी सुरु गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन बस्नेगरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।






