नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनकाे भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । दुईदिन लगातार बढेको सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य भने आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ थियो।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठसय ८० रुपैयाँ थियो।
सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
गत साता दुई दिनमै साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य विगत तीन दिनदेखि भने थोरै बढिरहेको छ।