हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एनपीएलमा त्रिवि मैदानमै यसरी हुँदैछ ‘बेटिङ’, थप तीनजना पक्राउ
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट नै उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
बुधबार (हिजो) साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेका सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।
प्रहरीले यसअघि गएको सोमबार दुई र मंगलबार दुई गरी चारजनालाई पक्राउ गरेको थियो । उनीहरू चारैजना पनि भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूले अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको सीआईबीले जनाएको छ ।