What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पराष्ट्रमन्त्री राणा चीनमा, हाेला त प्रधानमन्त्रीकाे भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता ?
What To Know
- बैठकपछि सञ्चारकर्मीसँग बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भने, “एजेन्डाबारे छलफल जारी नै छ। विभिन्न संयन्त्रहरू र छलफल गर्ने निकायहरूमा छलफल भइरहेको छ। एजेन्डा के बन्छ भन्नेबारे फेरि मन्त्रिपरिषद्को बैठक बसेर नै तय हुन्छ।”.
- त्यसको उत्तर दिँदै उनले भनिन्, “परराष्ट्र नीतिमा दुई देशबीच कुनै पनि कुरा हुँदा दुवै पक्षले आफ्नो कुरा राख्ने काम हुन्छ र त्यसमा धेरै वार्ता हुन्छन्। अब के हुन्छ हेरौँ।”.
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने बेइजिङ भ्रमणको तयारीस्वरूप चीन पुगेकी परारष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रवार त्यहाँका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने अधिकारीहरूले बताएका छन्।
राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग सिचुआन प्रान्तको छेन्दु सहरमा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी गरिएको भनिएको ‘बेल्ट एन्ड रोड इनिशटिभ’ (बीआरआई) कार्यान्वयनको खाकासम्बन्धमा चर्चा हुने ठानिएको छ।
यद्यपि उक्त खाकामा सत्ताधारी दलहरू र नेपालभित्रै सहमति जुट्छ कि जुट्दैन भन्ने अझै निश्चित हुन सकेको छैन।