What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
विनुले छर्किन् सर्वोच्च अदालतको गेटमा कालोमसी
काठमाडौँ । घरेलु हिंसामा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा कालोसी छर्किएकी छन्। मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी लगाइदिएकी हुन्।
अदालतको बोर्डमा कालोमसी छर्किएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि यसअघि अदालत परिसरमै विष सेवन गरेकी थिइन्।
बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी छन्। जिल्ला अदालत रामेछापले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ।
उनको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा छ।






