What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आज फेरि बढ्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।






