What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
फेरि निरन्तर बढ्दै सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ फेरि निरन्तर उकालो लागिरहेको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो।नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।






