नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आइसिसी विश्वकप क्रिकेट लिग-२ : स्कटल्यान्डसँग भिड्दै नेपाल
काठमाडौं। नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार साबिक विजेता स्कटल्यान्डको सामना गर्दैछ।
डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ। अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेल हो। यही शृंखलामा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो।
तर, घरेलु टोलीसँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित हुनपुग्यो। ११ खेलमा पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ। एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकका साथ तेस्रो स्थानमा छ।