बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नक्कली सुन दिएर ठगी गर्ने महिलासहितकाे एक गिराेह पक्राउ
काठमाडौं । नक्कली सुन दिएर ठगी गर्ने महिलासहितकाे एक गिरहाे प्रहरीकाे फन्दामा परेकाे छ। एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उक्त गिरहाेमा संलग्न ६ जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरुमा म्हैपी बस्ने लालबन्दी – १९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी- ६ धनकुटाकी २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी-१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा रहेका छन् ।
त्यस्तै धापासी च्यासीडोल बस्ने धरान १७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन- ९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार पनि प्रकाउ परेका हुन् ।
यो समूहले १६ कात्तिक १६ मा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।