What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

खबरदारी सभा कसैलाई बचाउनका लागि होइन, माओवादीको बदनामी गर्न खाेजियाे : प्रचण्ड
What To Know
- ‘त्यही प्रतिवेदनमा नाम उल्लेख भएका नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहीँ छानबिन गर्न नपर्ने। कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने । राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ त्यो बेठिक छ,’उहाँले भन्नुभयाे, ‘तर यत्रो विरोध र खबरदारी सभा कसैलाई बचाउनका लागि होइन। यो माओवादी र प्रचण्डलाई बदनाम गर्नेबाहेक अर्को षड्यन्त्रबाहेक केहीपनि होइन।’.
कठामाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको बताउनु भएकाे छ।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई मुद्दाबाट बचाउनका लागि खबरदारी सभा गर्न लागेको भनेर माओवादीको बदनामी गर्न खोजिएको बताउनु भएकाे हाे ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही चलाउँदा सिआइबी प्रमुखसँगको भेटमा प्रचण्ड नै दोषी देखिए पनि पक्राउ गर्नु भनेको बताउनुभयाे ।
‘माओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन। अरूको कुरा छोड्दिनु प्रचण्ड देखा पर्यो भने पनि पक्राउ गरे हुन्छ भनेका थियौं।त्यो भन्ने मान्छेलाई अहिले कसैलाई बचाउने सभा गर्नुपर्छ?,’ उहाँले भन्नुभयाे ।
अध्यक्ष प्रचण्डले माओवादी हिजो सरकारमा रहँदा र आज बाहिर हुँदा पनि सहरकारी पीडितहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयाे ।
त्यतिबेलै सरकारमा हुँदा पनि छानबिनका लागि संसदीय समिति बनाउने कुरालाई नराम्रो रूपमा नलिन लामिछानेसँग आफूले आग्रह गरेको अध्यक्ष प्रचण्डले बताउनुभयाे ।
तपाईं दोषी हो भने कारबाही भोग्न राजी हुनुपर्छ। होइन भने तपाईंले उन्मुक्ति पाउनुहुन्छ डराउनुपर्ने कारण के छ भनेको हुँ मैले। त्यही अनुसार समिति बनोस् भनेको हो। बरू बन्न हुँदैन भन्ने केपी ओली हो। हर हालतमा रविलाई बचाउनै पर्छ भन्ने केपी ओली हो,’ उहाँले भन्नुभयाे।
यद्यपि सरकारले अहिले देखाएको रवैयाप्रति भने माओवादी केन्द्रको आपत्ति रहेको प्रचण्डले बताउनुभयाे ।
‘त्यही प्रतिवेदनमा नाम उल्लेख भएका नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहीँ छानबिन गर्न नपर्ने। कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने । राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ त्यो बेठिक छ,’उहाँले भन्नुभयाे, ‘तर यत्रो विरोध र खबरदारी सभा कसैलाई बचाउनका लागि होइन। यो माओवादी र प्रचण्डलाई बदनाम गर्नेबाहेक अर्को षड्यन्त्रबाहेक केहीपनि होइन।’