हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
हनुमानढोकामा इन्द्रध्वजोत्थान, आठदिने इन्द्रजात्रा सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य जात्राका रुपमा परिचित इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि इन्द्रध्वजोत्थान गरिएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ । परम्पराअनुसार आज बिहान विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले राससलाई जानकारी दिनुभयो । आजदेखि आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदा समेत दिइने परम्परा छ । पहिलो दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भाद्र शुक्ल पूर्णिमाका दिन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसपछिका दिनमा क्रमशःविभिन्न टोलमा यात्रा गराई नानीचा यात्रापछि इन्द्रजात्राको रथ घुमाउने विधि पूरा हुने प्राचीन परम्परा छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत देवी देवताको पूजा आराधना एवं यात्रा गराई यो जात्रा आठ दिनसम्म भव्यरुपमा मनाउने परम्परा छ । यस जात्राको मुख्य दिन हनुमानढोका दरबारमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने गरेको छ ।
यस वर्ष भदौ ३० गते इन्द्रध्वजोत्थान, असोज १ गते इन्द्रजात्राको मुख्य दिन र असोज ५ गते इन्द्रध्वज पातन गरिने संस्थानले जनाएको छ । इन्द्रध्वज पातनको साइत राति १० बजेपछि रहेको संस्थानका सहायक प्रशासक एवं धार्मिक शाखा प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । इन्द्रजात्राका लागि भक्तपुर जिल्लाको चितपोलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ । राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिङ्गोलाई हनुमानढोका भित्र्याउने परम्परा छ । लिङ्गो काटेर ल्याउने काममा मानन्धर समूहको सक्रियता रहने विधि पहिलेदेखि बसेको संस्थानले जनाएको छ ।