बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रतिनिधिसभा बैठक स्थगन, भोलि १ बजे बस्ने
काठमाडाैं । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो ।
प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो ।
माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।