नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

फेरि शेयर मार्केटमा उछाल
काठमाडाैं । पछिल्लाे केही दिनदेखि लगातार घटिरहेकाे धिताेपत्र बजारमा फेरि हरियाली छाएकाे छ । लगातार ६ कारोबार दिन घटेको सेयरबजारले पुनरागमन गरेको हाे।
बिहीबार नेप्से सूचक ७८.१७ अंकले बढेपछि २६८८.३८ विन्दुमा पुगेको छ।
सूचकसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ। साताको अन्तिम कारोबार दिन ८ अर्ब १६ करोड ९२ लाखको सेयर किनबेच भएको छ। १ करोड ९४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो।
आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको र ३ वटाको उही मूल्यमा कारोबार भएको छ।
आजको कारोबारमा वीन नेपाल लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, उपकार लघुवित्त, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्।
थ्रि स्टार हाइड्रोपावरको भने नकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीहरुको सेयर अधिकतम ८.४९ प्रतिशतसम्मले घटेको छ।
कारोबारतर्फ सीईडीबी हाइड्रोको ४७ करोड, हिमालयन रि इन्स्योरेन्सको २४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड, अपि पावरको १८ करोडको सेयर किनबेच भएको छ।
सेयरबजारमा कुल बजार पुँजीकरण ४२ खर्ब ७४ करोड र तरलता १५ खर्ब पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।