नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ, तीजकै दिन बन्याे नयाँ रेकर्ड
काठमाडाैं। नेपाली बजारमा सुनकाे भाउले उच्च दरकाे नयाँ रेकर्ड बनाएकाे छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । सो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।