नेपाली राष्ट्रिय क्रिकेट टाेलीले श्रीलंकामा अभ्यास गर्ने

काठमाडाैं । नेपाली  श्रीलङ्कामा अभ्यास गर्ने भएकाे छ । आइसीसी विश्वकप लिग टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएकाे हाे । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ । सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ ।

नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक एक दिवसीय अघि एक दिन अभ्यासको समय रहेको पनि क्यानले जनाएको छ । दोस्रो ५ तारिख र तेस्रो ७ तारिखमा हुने छ ।

यसैगरी उक्त प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोली पनि घोषणा गरिएको छ ।

रोहित पौडलको कप्तानमा घोषणा गरिएको टिममा आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल रहेका छन् । त्यसैगरी अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । नेपाली टिमले श्रीलंकामा अभ्यास गरेपछि क्यानडामा लिग टू खेल्न जाने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *