एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो NIC ASIA Sky Club Card

What To Know

  • Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।.
  • यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको Sky Club Card मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिनेछ ।.

काठमाडौं । एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ ।

Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहक महानुभावहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्न सकिनेछ ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको Sky Club Card मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिनेछ ।

यो कार्ड लिनका लागि ग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सकिनेछ ।

यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहक महानुभावहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *