नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे घर सरकारले खरिद गर्ने
काठमाडाैँ । महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे घर सरकारले खरिद गर्ने भएकाे छ । देवकोटा स्मृति संग्रहालय स्थापनाका लागि सरकारले उहाँकाे घर खरिद गर्न लागेकाे हाे ।
परिवारसँगकाे परामर्शमा उपयुक्त मूल्यमा सरकारले उहाँकाे घर लिने प्रधानमन्त्री के पी अाेलीले ट्वीटर मार्फत जानकारी गराउनुभएकाे छ ।
बुधबार दिउँसाे प्रधानमन्त्री अाेलीले ट्वीटमा भन्नुभएकाे छ, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’