नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु
रामेछाप । पहिरोले घर पुरिंदा रामेछापको गोकुलगंगा गाउँपालिका-६, फर्पुमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
अविरल वर्षापछि बिहीबार साँझ पहिरो जाँदा स्थानीय विमान तामाङको घरको आधा भाग पुरिएको हो। पहिरोमा परेर विमानकी छोरी १८ वर्षीया सीता तामाङ, नातिनीहरू १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले बताए।
रोपाइँ सकेपछि घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै आएको पहिरोले पुरेको थियो। अर्को कोठामा रहेका विमान र उनकी श्रीमती भने सकुशल रहेको गोकुलगंगा-६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।
पहिरोले घर पुरिएको सूचना पाउनासाथ बेताली प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। जसले गर्दा थप क्षति हुनबाट जोगिएको सुनुवारले बताए।