एन आई सी एशिया बैंक २७ औँ वर्षमा प्रवेश

काठमाडौँ । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो ।

सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भइएको बैंकले जनाएको छ ।

यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनी , कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ ।

आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्ने अठोट गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । साथै गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई तिरेको बैंकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *