अदालतकाे आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम पुनः शुरु

काठमाडौं । काठमाडाैं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेको हो।

सडक डिभिजन कार्यालय र महानगरविच फुटपाथ विस्तारको विषयमा कुरा नमिल्दा काम रोकिएको थियो। महानगरले फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयको हस्तक्षेपले काम रोकिएको थियो।

तर महानगरले उच्च अदालतमा हालेको मुद्दामा अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो। तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

सो पश्चात बुधबारदेखि पुनः काम सुरु भएको हो।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *