नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ऊर्जामन्त्री पुन डिस्चार्ज, अब घर मै अाराम गर्ने
काठमाडौं । अकस्मात छातीमा समस्या अाएपछि अस्पताल भर्ना हुनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ डिस्चार्ज हुनुभएकाे छ । छातीमा असहजता महशुस भएपछि मन्त्री पुनलाई शुक्रबार बेलुकी नर्भिक हस्पिटलमा भर्ना हुनुभएका पुन ११:३० मा नर्भिक अस्पतालबाट डिस्चार्ज भएको उहाँको सचिवालयले जनाएको छ ।
डा यादव भट्टको टिमले प्रारम्भिक जाँच गर्दा उहाँलाई अस्पतालमै भर्ना गर्नुपर्ने सुझाव दिएको थियो । अस्पताल स्रोतका अनुसार मन्त्री पुनको अवस्था सामान्य भएकोले डिस्चार्ज गरिएको हो । उहाँका स्वकीय सचिव दुर्गा चापागार्इले दिएकाे जानकारी अनुसार अब मन्त्री पुनले निवासमै आराम गर्नुहुनेछ ।