मुद्रण व्यवसायीको दुखेसो : करको दर धेरै हुँदा पलायनको स्थिती आयो

मकवानपुर । मुद्रण व्यवसायीले सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरू परेको गुनासो गरेका छन् । नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको बैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै महासंघ केन्द्रीय अध्यक्ष विष्णु तिवारीले सरकारको असमान नितीका कारण ४ हजारको हाराहारीमा मुद्रण उद्यमी पलायनको अवस्थामा पुगको बताए । यसबाट करिब ९० हजार रोजगारदाता प्रभावित हुन पुगको उनको भनाई थियो ।

मुद्रण उद्योग व्यवसायका अतिरिक्त कला, सृजना, कल्पना, भावना र विद्याप्रतिको समर्पण भएको भन्दै महासंघले व्यवसाय र सेवा भावको उच्च रूपमा रहेको यस उद्योगलाई अन्य उद्योगसँग तुलना गर्न नहुने बताएको छ ।

कोरोना तथा आर्थिक मन्दिको मारमा परेका मुद्रण उद्योगी आफ्नो लयमा फर्कन संघर्ष गरिरहेको समयमा सरकारले लिएको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा पर्दै परेको महासंघले जनाएको छ । नेपालका मुद्रण उद्योगलाई आवश्यक कच्चा पदार्थमा चरम कर लगाएको सरकारले विदेशमा मुद्रण गरी नेपाल भित्र आयात गरिने पाठ्यपुस्तक लगायतका मुद्रित सामाग्रीहरूमा कर छुट तथा न्यून कर लिने गरेको महासंघको आरोप छ ।

यसले विदेशी मुद्रण उद्योगसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी मुद्रण उद्योग धराशायी बन्न थालेको महासंघको भनाई छ । पछिल्लो १० महिनामा मात्रै ४ अर्ब ८ करोड बराबरको छपाई जन्य सामाग्री आयात हुँदा ४ करोड ३८ लाख बराबरको मात्र निर्यात भएको महासंघले जनाएको छ । व्यवसायीले बजेटमा सम्बोधन गर्न सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको बताएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *