काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सहकारी ठग जाेगाउन संसद बन्धक
काठमाडाैं । संसदमा सत्तापक्ष र प्रतिपक्ष दलका दुबैथरी सांसद ‘सहकारी ठग’ र ‘नीतिगत भ्रष्टाचारी’लाई जोगाउनकै लागि मुठभेडमा उत्रिएपछि बैठक अवरुद्ध भएको छ ।
कानून बनाउने र जनताको आवाज उठाउने थलो महिनौँदेखि बन्धक छ । सत्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनी सरकारी छानबिन समितिले नै पुष्टि गरेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई काखी च्याप्दा लामो समयदेखि संसदले नियमित काम कारवाही गर्न सकिरहेको छैन। संसदका महत्वपूर्ण काम प्रभावित भइरहेका छन् ।
दलहरु प्रि–वजेट छलफलमा व्यस्त हुनुपर्ने बेला विभिन्न काण्डमा मुछिएका नेताहरुलाई चोख्याउने जोडबलमा लागि परिरहेका छन् ।
आइतबार साँझ बसेको बैठकमा झण्डै हात हालाहालको स्थिति बनेको थियो । अहिले राज्यको तलबभत्ता खाएर दलहरूले संसदमा राष्ट्रिय लज्जाको नाच देखाइरहेका छन् । कांग्रेस उग्र बन्दै गइरहेको छ भने सत्तारुढ दलकै सांसदहरु वेल घेराउमा उत्रिएका छन् । वादविवाद र प्रतिसोधमा संसदीय गतिविधिहरु रुमलिरहेका छन् ।
शुक्रबार डाकिएको तल्लो सदनको बैठक सूचना टाँसेर स्थगन भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्षी दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि बैठक सारिएको थियो। अपराह्न तीन बजेसम्म पनि बैठक बस्न सकेन। त्यसपछि सूचना टाँसेर बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
यसअघि शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि प्रतिपक्षको अवरोधक कारण स्थगन गरिएको थियो।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्रीले संसदीय समितिलगायत विषयमा कांग्रेससँग छलफल गर्न लाग्नुभएको बुझिएको छ ।