What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्।
जिल्ला अदालत, काठमाडौंको फैसलालाई उच्च अदालतले उल्टाएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाएको हो।
जिल्ला अदालतले गत पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको थियो। उनीलाई तीन लाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो।
त्यस विरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए। उनले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन दिएको थिए।
त्यस्तै, सजाय कम भएको भन्दै उच्च सरकारी वकीलको कार्यालय पनि उच्च अदालत पुगेको थियो। उच्च सरकारी वकीलको कार्यालयले गत चैत २ मा पुनरावेदन गरेको थियो।
दुवै निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले लामिछानेलाई सफाइ दिएको हो। उच्च अदालतले जिल्ला अदालतको कैद सजाय गर्ने फैसला उल्टाएको हो।