हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडाैं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। सरकारले वार्षिक बजेट ल्याउनुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।
नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। संसद् सचिवालयले संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोशाकमा उपस्थित भई आआफ्नो आसन ग्रहण गर्न भनेकोे छ।
जेठ १ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। त्यसपछि जेठ १५ गते बजेट ल्याइनेछ।