टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।

क्यानले बुधबार रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। विश्वपकका लागि अनिल साह टोलीमा फर्किएका छन्।

त्यस्तै, सागर ढकाल र कमलसिंह ऐरीले विश्वकप खेल्ने टोलीमा ठाउँ पाएका छन्। आरिफ शेख भने विश्वकप टोलीमा अटाएका छैनन्।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

टी-२० विश्वकप आउँदो जेठ १९ गतेदेखि वेस्ट इन्डिज र अमेरिकामा हुँदै छ। नेपाल रहेको समूह ‘डी’मा बाङ्लादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्डस् छन्।

नेपाल पहिलो खेल जेठ २२ मा नेदरल्यान्डस्सँग खेल्नेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *