What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
दुई करोड लागतको रुप्से स्वास्थ्य चौकी माथागढीलाई
फेयर डेस्क । दुई करोड लागतमा निर्माण भएको रुप्से स्वास्थ्य चौकि माथागढी गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ । माथागढी गाउँपालिका २ रुप्सेमा अवस्थित स्वास्थ्य चौकीलाई एकीकृत स्वास्थ्य कार्यक्रम अन्र्तगत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । बालमैत्री र अपांगमैत्री शैचालय रहेको सो भवनमा २० वटा कोठा सहित ४ वटा शौचालय र १ हल रहेका छन । भवन हस्तान्तरण समारोहका प्रमुख अतिथि तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले भवन निर्माणसँगै सेवामा सहजता हुने विश्वास व्यक्त गनुभयो । उहाँले स्थानीय स्तरमै गुणस्तर आधारभूत स्वास्थ्य सेवाबाट उपलब्ध गराउन भवन स्थापना गरिएको बताउनु भयो । हस्तान्त्रण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार नेपाली, भवन डिभिजन कार्यालयका ईञ्जिनियर हरीभक्ता श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यम चिदि लगायतले स्थानीयहरुलाई भवन निर्माणले स्थानीय तहमै स्वास्थ्य सेवा लिन सहज हुने बताउनु भएको थियो ।