What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यस्तो छ इलाम-२ को पछिल्लो मतपरिणाम (अपडेट)
What To Know
- चुनावकाे प्रचार प्रसारमा अलि बढ्तै हल्ला खल्ला गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिम्बू अप्रत्यासित हारको अवस्थामा पुगिसकेका छन् ।.
काठमाडाैं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार साँझको मतगणनामा नेम्वाङ ६ हजार ४३९ मतले अगाडि छन्। उनले १९ हजार ११४ मत पाएका छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाएका छन्। सोमबार बिहानदेखि भने खड्काले मतान्तर घटाउन सकेका छैनन्।
तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको नौ हजार ४१० मत छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको तीन हजार २४२ मत छ।
अहिलेसम्म ४५ हजार ९५३ मत गणना भएको छ। यस क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो।
चुनावकाे प्रचार प्रसारमा अलि बढ्तै हल्ला खल्ला गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिम्बू अप्रत्यासित हारको अवस्थामा पुगिसकेका छन् ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनले प्राप्त गरेकाे मत सायदै कसैले कल्पना गरेका थिए । जारी मतणनामा उनको मत सङ्ख्या अनुमान गरेभन्दा धेरै फरक छ । अहिलेकै अवस्था कायम रहे उनलाई जमानत जोगाउन पनि धौधौ देखिन्छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । त्यसका लागि उनले कम्तिमा ६ हजार ९ सय २८ मत ल्याउनु पर्ने हुन्छ । अब २३ हजार ३ सय जति मत गन्न बाँकी छ ।