बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट
जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उहाँले बताउनुभयो ।
“आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्”, प्रहरी नायव उपरीक्षक जैसवारले भन्नुभयो । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।