बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

घरेलु मैदानमै मुम्बईकाे सर्वनाक हार, शीर्ष स्थानमा उक्लियाे राजस्थान
राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेकाे छ। यो सिजनकाे खेलमा घरेलु मैदानमा खेल्ने टोलीले हार बेहोरेको यो दोस्रो पटक हो । यसअघि रोयल च्यालेन्जर्स बैंग्लोर चिन्नास्वामीको मैदानमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।
साेमबार भएकाे खेलमा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य राजस्थान रोयल्सले ४ विकेट गुमाएर पुरा गर्याे ।
यस खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । ट्रेन्ट बोल्टले आफ्नो पहिलो ओभरमै घातक बलिङ गर्दै मुम्बई इन्डियन्सलाई एकपछि अर्को झटका दिए । पहिलो ओभरको ५ औं बलमा उनले रोहित शर्मालाई प्याभिलियन पठाए र अन्तिम बलमा नमन धीरलाई एलबीडब्लुकाे सिककार बनाए । उनले आफ्नो दोस्रो ओभरको दोस्रो बलमा डेवाल्ड ब्रेभिसलाई आउट गरेर मुम्बईको अवस्था शुरूवात मै नाजुक बनाइदिइका थिए ।
त्यस्तै नान्द्रे बर्गरले उत्कृष्ट बलमा इशान किशनलाई विकेटको पछाडि क्याच थमाए। २० रनमा ४ विकेट गुमाएको मुम्बईलाई कप्तान हार्दिक पाण्ड्या र तिलक वर्माले सम्हाल्ने प्रयास गरेका थिए । दुवैले टोलीलाई ५० भन्दा माथि पुर्याए । पाण्ड्या ३४ रन बनाएर युजभेन्द्र चहलको शिकार बने भने तिलक वर्मा ३२ रन बनाएर चहलले आउट भए । यसपछि लगातार विकेट गुमाएपछि मुम्बईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्याे ।
१२६ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्सको सुरुवात पनि राम्रो हुन सकेन । यशस्वी जैस्वाललाई क्वेना माफाकाले पहिलो ओभरमै आउट गरे । त्यसपछि आकाश मधवालले जोस बटलरलाई प्याभिलियनको बाटो देखाए । ४८ रनको याेगफल तयार पार्दा कप्तान सञ्जु सामसन पनि १२ रन बनाएर आउट भए । रियान परागसँगै अश्विन र शुभम दुबेले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै राजस्थान रोयल्सलाई सहज जित दिलाए । राजस्थानको यो लगातार तेस्रो जित हो र याे जीतसँगै अंक तालिकाको पहिलो स्थानमा पुगेको छ ।