What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै संसद्मा कांग्रेसको विरोध
What To Know
- कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।.
- ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं-सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् । उनले संसदीय छानबिन समिति गठन नहुँदासम्म विरोध जारी रहने बताइन्।.
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै सोमबार पनि प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ।
प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई बोल्न समय दिए।
कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं-सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् । उनले संसदीय छानबिन समिति गठन नहुँदासम्म विरोध जारी रहने बताइन्।
उनले अनुसन्धान हुने वेलासम्म गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिर बस्नुपर्ने माग गरिन्। सांसद गौतमले भनिन्, “प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखले सफाइ दिन खोजेकाले संसदीय छानबिन समिति गठन हुनुपर्छ, अनुसन्धान हुने वेलासम्म गृहमन्त्री जिम्मेवारीबाट बाहिर बस्नुपर्छ।”
लामिछाने गृहमन्त्री नियुक्त भएपछि अनुसन्धान प्रक्रिया रोकिएको उनको भनाइ थियो। गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले लामिछाने सहित विभिन्न व्यक्ति विरुद्ध पूरक उजुरी दिएका थिए। त्यसमा अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको थियो। अहिले भने अनुसन्धान प्रक्रिया नै रोकिएको सांसद गौतमले उल्लेख गरिन्।
यो समस्या लाखौं बचतकर्ताको भएकाले गम्भीर रूपमा लिन कांग्रेसले आग्रह गरेको छ। “सहकारीको समस्या एउटा व्यक्तिको नभएर आठ लाख बचतकर्ताको हो,” सांसद गौतमले भनिन्, “त्यसमध्ये अधिकांश महिला छन्।”
उनीहरूलाई न्याय दिन सरकार गम्भीर हुनुपर्ने कांग्रेसले जनाएको छ। सहकारीको समस्या समाधान गर्न र गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले विरोध जनाउँदै आएको छ।