आईपीएलमा लखनउको पहिलो जित, पञ्जाब २१ रनले पराजित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लखनउ सुपरजाइन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गर्दै सिजनको आफ्नो पहिलो जीत दर्ता गरेकाे छ। लखनउको एकना रंगशालामा भएको खेलमा निकोलस पुरन र कृणाल पाण्ड्याको आक्रामक ब्याटिङ गरेपछि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा १९९ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्सको टोलीले शिखर धवनको उत्कृष्ट ७० रनका बाबजुद २० ओभरमा ५ विकेट गुमाएर १७८ रन बनाउन सक्यो।

लखनऊ सुपरजायन्ट्सका लागि टसका लागि केएल राहुलको स्थानमा निकोलस पुरन आए तर राहुल प्लेइङ ११ को हिस्सा रहे। यो निर्णयले सबैलाई चकित बनाएको छ । पुरनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । केएल राहुलले क्विन्टन डी ककसँग इनिङ्स ओपनिङ गरेका थिए । राहुल १५ रन मात्र बनाएर आउट भए । डि ककले एक छेउ समातेर आफ्नो अर्धशतक पूरा गरे ।

अर्को छेउबाट विकेट झर्न थाले र स्कोर ७८ पुग्दा देवदत्त पडिकल र मार्कस स्टोइनिस पनि प्याभिलियन फर्किएका थिए । पुरानले २१ बलमा ४२ रनको द्रुत इनिङ खेले भने अन्तिम ओभरमा क्रुणाल पाण्ड्याले २२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाएर लखनउ सुपरजाइन्ट्सलाई १९९ रनको लक्ष्यमा पुर्याए ।

पञ्जाबले लक्ष्य पछ्याउन थालेपछि राहुलको स्थानमा नवीनुल हकलाई मैदानमा बोलाएर पहिलो ओभर पनि बलिङ गरायो। पञ्जाबका दुवै ओपनरले टोलीलाई राम्रो सुरुवात गराए । एक समय पन्जाब टोलीले सहजै खेल जित्छ भन्ने लागेकाे थियाे तर मयंक यादव र मोहसिन खानले खेलको ढाँचा बदलेर लगातार विकेट लिएपछि पञ्जाबको रन रेटमा ब्रेक लाग्याे । पञ्जाबका लागि प्रभसिमरन सिंह, जितेश शर्मा र साम कुरानले द्रुत विकेट लिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *