What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
गोरखपत्र संस्थानमा महाप्रबन्धक उपाध्यायलाई पदबाट हटाइने
What To Know
- यस्तै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत पनि गरेको छ । राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा जाँदैछिन् ।.
- त्यसैगरी बैठकले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलाई अख्तियारी पनि प्रदान गरेको छ ।.
काठमाडाैं । सरकारले लामाे समयदेखि गोरखपत्र संस्थानमा महाप्रबन्धक भएर काम गरिरहेका बसन्त प्रकाश उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको हाे।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्रका महाप्रबन्धक उपाध्यायलार्इ पदमुक्त गर्ने निर्णय भएकाे पुष्टि गरेका छन्।
यस्तै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत पनि गरेको छ । राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा जाँदैछिन् ।
त्यसैगरी बैठकले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलाई अख्तियारी पनि प्रदान गरेको छ ।






