What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ
काठमाडौँ । सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेर छोडेको सात महीनापछि पुन त्यही तस्करीकाे फेरि पक्राउ परेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गर्नुभयाे ।
गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । हिजो गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका दावासँग दीपेशको अलि बढ्तै हिमचिम देखिएको थियो। गत साउन १४ गते दावा पक्राउ परे लगत्तै सीआईबीले दिपेसलाई बोलाएको थियो। त्यतिवेला भने सामान्य सोधपुछ गरेर छोडिदिएको थियो।
सीआईबीमा गरेको कागजमा अमला रोकाको ठमेलमा रहेको होटल भियनामा रोल्पादेखि आएका कार्यकर्ता राख्नुपर्ने भएकाले सम्पर्क हुने गरेको दिपेशले बताएका छन्। कागजमा अमलासँग कारोबार नभएको दाबी गरेका थिए। अमला सुन तस्करीमा पक्राउ परेका दाबाकी पत्नी हुन्।
रूपन्देहीमा सहकारी ठगी
काठमाडाैंकाे नक्सालमा समातिएका पुनलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार राति नै रुपन्देही लगिएको हाे ।
रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरीले जनाएको छ ।