बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाउने प्रचण्ड सरकारको निर्णय
काठमाडाैं । प्रचण्ड सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिंदै शर्माले भनिन्, “आजको बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको छ।”
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई हटाउने निर्णय गरिएको हो। उनीहरूको स्थानमा नयाँ प्रदेश प्रमुख पठाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
प्रवक्ता शर्माका अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजीर मियाँलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति तथा पदमुक्त गर्ने व्यवस्था छ।
प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय गर्न सजिलो पार्ने उद्देश्यले पदमुक्त गरिएको उनको भनाइ थियो। “राजनीतिक रूपमा सहज र सरल होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले यसो गरिएको हो,” मन्त्री शर्माले भनिन्।