What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि
काठमाडाैं । टी–२० विश्वकपअघि घरेलु मैदानमै नेपालले कमजोर प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै उपाधि जित्न सकेन ।
नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन मात्रै बनाएको थियो । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल रहँदै पुरा गर्यो ।
टिम भानले पाँच बलमा २१ रन प्रहार गर्दै नेदरल्यान्ड्सलाई उपाधि दिलाएका हुन्। उनले दुई चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले ५४, सिब्रान्ड इंगेलब्रिचले ४८, विक्रमजित सिंहले २९ र म्याक्स उडले २२ रन बनाए। नेपालका लागि कुशल मल्लले चार, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५, कुशल भुर्तेलले २०, करण केसीले नौ, सोमपाल कामी र प्रतिश जीसीले ६-६ रन बनाए।
नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान, मिचेल लेभिट र सिब्रान्ड इंगेलब्रिचले दुई-दुई विकेट लिए।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलामा नामिबिया समूह चरणबाट बाहिरिएको थियो। अंकतालिकाको शीर्षस्थानमा रहेका नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका थिए।