नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडैं । नयाँ गठबन्धनले नयाँ सत्ता समीकरण बनाएसँगै तीन जना नवनियुक्त मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति पौडेलसँग शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाइ मन्त्रालयको बाँडफाँड नभएको हुँदा उनीहरूले बिना विभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका छन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए । नेकपा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

तर, माओवादीले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता गठबन्धन बनाउने सहमति भएपछि तीनजना मन्त्रीको समेत टुंगो लगाइएको थियो ।

१४ महिनामा १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर 

२०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएपछि १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। ०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गतेसम्म ६ पटक गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो।

०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भयो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले साउन २८ पूर्णता पाएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *