What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
वाफ महिला च्याम्पियनशिप : साम्बा विना उपाधिका लागि जोर्डनसँग भिड्दै नेपाल
काठमाडाैं । वाफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ।
साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा आज राति ९ः४५ बजे नेपाल र जोर्डनको खेलल हुनेछ। फाइनल खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) भने खेल्ने छैनन्।
साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन्। क्लबसँगको सम्झौताअनुसार, साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। त्यसैले उनी गएराति नै साउदी अरबाट फ्रान्स प्रस्थान गरेकी छन्।
वाफ च्याम्पियनशिपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले चार खेलामा नौ गोल गरेकी छन्।
साम्बाको अनुपस्थितिमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)को विश्वास छ। नेपाली टोली उपाधिका लागि मैदानमा उत्रिनेछ।
नेपाल सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो। लेवनान विरुद्ध साम्बा र प्रिती राईले गोल गरेकी थिइन्।
नेपालले समूह चरणमा पनि सबै खेल जितेको थियो। समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
वाफ च्याम्पियनशिपमा नेपाल पहिलो पटक सहभागी भएको हो। पहिलो सहभागितामै नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।






