टी-२० आई सिरिज : नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

दुवै टोलीले खेलेका पछिल्ला पाँच खेलमा नामिबिया नै बलियो देखिएको छ। नामिबियाले पाँचै खेल जितेको छ भने नेपालले पाँचमध्ये चारमा जित र एक खेल हारेको छ। लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।

प्रतियोगितामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका पाँच खेलमा तीनै टोलीले दुई पटक एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

यो शृंखलाका लागि रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा छन्।

यसअघि भएको लिग-२ मा भने नेपालको प्रदर्शन राम्रो रहेन। नेपालले चार खेलमा एक खेल मात्रै जित्न सक्यो। नेपाल भ्रमणमा रहेका नामिबियाले चारमध्ये तीन र नेदरल्यान्ड्सले दुई खेल जिते।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *