What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टिकटबाट उठेको रकम भूकम्प पिडितलाई सहयोग
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वाचा पूरा गरेको छ। आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गतनेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकम भूकम्प पिडितलाई सहयोग गर्ने वाचा क्यानले पूरा गरेको हो।
क्यानले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ हस्तान्तरण गर्यो। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे।
गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ आईसिसि टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त ५०% रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरिएको क्यानले जनाएको छ।
सामाजिक संजाल मर्फय क्यानले सम्पुर्ण घाइते भूकम्प पीडितको स्वास्थ्य लाभको कामनासहित भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली अर्पण पनि गरेको छ।
क्यानको फेसबुक पेजमा लेखिएको छ =
नेपाल क्रिकेट संघले गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ आईसिसि टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त ५०% रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।
सम्पुर्ण घाईते भुकम्प पिडितको स्वास्थ्य लाभको कामना सहित यस भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरू प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।