राेकिएकाे माेटरसाइकल दर्ता शुक्रबारदेखि खुल्ने, अब यसरी लेखिन्छ नम्बर

काठमाडाैं । बाग्मती अञ्चलमा राेकिएकाे माेटरसाइकल दर्ता नयाँ ब्यवस्था सहित  शुक्रबारदेखि खुल्ने भएकाे छ । यसअघि अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि शुक्रबारदेखि दर्ता खुल्ने भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार मन्त्रिपरिषद्को निर्णय विहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने भएकाे छ ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ । प्रदेशभित्रमा पनि यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुने विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

नम्बर प्लेटमा गाडीको समुह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुने बताइएकाे छ । त्यस्तै गाडी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ । प्रयोग अनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *