What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
क्यानले सार्वजनिक गर्यो क्यानडासँगको खेल तालिका
नेपाल क्रिकेट संघ क्यानले क्यानडासँगको एक दिवसीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल ए र क्यानडा ११ विरुद्ध तीन एक दिवसीय खेल आयोजना हुने क्यानले जनाएको छ ।
क्यानका अनुसार तीन एक दिवसीय सिरिजअन्तर्गको पहिलो खेल आइतबार हुनेछ । मूलपानी क्रिकेट मैदानमा खेल हुनेछन् । त्यस्तै दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार खेलाइने छ ।
यसअघि क्यानले विनोद भण्डारीको कप्तानी नेपालको ए टिम घोषणा गरेको थियो । सोही टिम र क्यानडा ११ बीच खेल हुन लागेको हो । नेपालले पहिलोपटक ए टिम बनाएको हो ।







