What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ललितानिवास जग्गा प्रकरणमा पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।
बालुवाटारस्थि सरकारी जग्गा टिकिन्छा गुठीको नाम हक हस्तान्तरण गर्ने निर्णय भएको थियो। अघिल्लो मन्त्रिस्तरबाट भएको निर्णयलाई अघि बढाउन स्वीकृति दिएकै आधारमा दोषी करार गर्न उचित नहुने विशेष अदालतको ठहर छ।
त्यसमा कुनै बदनियत नदेखिएकाले पूर्व मन्त्री जोशीलाई सफाइ दिइएको विशेष अदालतको फैसलामा भनिएको छ।