हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लिग टूका लागि नेपाली टिम घोषणा
काठमाडाैं । बिहीबारदेखि घरेलु मैदानमा हुने आइसीसी विश्वकप लिग टू क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको टाेली घोषणा गरेको छ ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् ।
यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । क्यानले यसअघि क्यानडा सिरिज र लिग टूका लागि छुट्टा छुट्टै टिमको घोषणा गरेको थियो ।
अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । युवा खेलाडी खनालले नेपालबाट यू १९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए ।
नेपालकाे टाेली
रोहित पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ ।
लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्ने छ ।
यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग नेपालको खेल हुने छ ।
१९ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स आमने सामने हुने छन् ।
२१ फेब्रुअरीमा नेपाल नामेविया, २३ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स तथा २५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुने छन् । सबै खेल विहान सवा ९ बजेदेखि सुरुहुने छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने लिग टू का खेलहरु डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गो एप्सबाट प्रत्यक्ष प्रशारण पनि हुने छ ।