नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छ : नेता गच्छदार
विराटनगर । नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सरकार संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्न सक्नुपर्दछ ।”
नेता गच्छदारले मुलुकको विकास र समृद्धिका लागि सबैले अग्रसरता देखाउनुपर्नेमा जोड दिदैं थारु जातिको भाषा, संस्कृति र पर्वलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।
प्रभात कृषि समूहका अध्यक्ष राजकुमार माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।