What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

तल्लाे सदनकाे बैठक बस्दै, सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडाैं । संघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । संसदकाे हिउँदे अधिवेशन मंगलबारबाट शुरू भएकाे थियाे । पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजै विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची तय गरिएकाे छ ।
त्यसैगरी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ।
२०६४ र २०७० को संविधान सभा सदस्य रहेका बुढाथोकीको सोमबार निधन भएको थियो।