नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नवप्रवर्तन कार्यक्रमका लागि गुल्मीका छ पालिका छनोट
तम्घास । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो । उक्त कार्यक्रमअन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योगलगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन् ।
यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुनेछ । जसमा गाउँपालिकाका लागि रु ७५ लाख र नगरपालिकाका लागि एक करोड सङ्घीय सरकारले उपलब्ध गराउनेछ । यसमा गाउँपालिकाले रु १५ लाख थप गरी रु ९० लाख र नगरपालिकाले रु २५ लाख थप गरी रु एक करोड २५ लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत गुल्मीका छसहित देशभरका एक सय चार पालिका छनोट भएका छन् ।