बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विज्ञान र गणित विज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशन
काठमाडाैं । शिक्षक सेवा आयोग निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको विज्ञान र गणित विज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । गत पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको बागमती प्रदेशको विज्ञान , गणित-विज्ञान र कोशी प्रदेशको गणित-विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा बागमती प्रदेश र कोशी प्रदेशको विज्ञान , गणित-विज्ञान उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यताक्रम सहितको नतिजा प्रकाशन गरेको छ ।