हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गौशाला–२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ
काठमाडौँ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।
गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भन्नुभयो, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र आजै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।”
सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बीर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्यूरोमा उजुरी दिइएकी थिइन् । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला–२६ पीडित भएकी युवती हुन् । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो ।